२ भदौ २०८३, मंगलबार | August 18, 2026

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन



काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने अडान राख्दै विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका हुन्।

बैठकको सुरुआतमै विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न–उत्तरको माग गर्दै भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ का नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिए।

‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख अर्यालले भने।

विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुपर्ने मागसमेत गर्दै आएका छन्। यही विषयलाई लिएर संसदमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग गरिरहेका छन्।

सभामुखको रुलिङपछि प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १ : ४४ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन