१ भदौ २०८३, सोमबार | August 17, 2026

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज सम्पन्न भएको छ ।

बैठकको समापनका क्रममा समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरुद्वारा उठाइएका विषयमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका थिए । केन्द्रीय कार्यसमितिद्वारा पारित गरिएका निर्णयहरू मङ्गलबार अपरान्ह ३ बजे पार्टीका प्रवक्ता देवराज चालिसेमार्फत् पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सह–महामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला संग्रौला पन्त, कर्णबहादुर बुढा, मुक्ताकुमारी यादव तथा केन्द्रीय सदस्यद्वय विनोदकुमार चौधरी र प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : १७ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार