३ भदौ २०८३, बुधबार | August 19, 2026

रवि लामिछानेद्वारा मन्त्री र सांसदहरूसँग छलफल, प्रधानमन्त्री बालेन्द्र अनुपस्थित



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका मन्त्री तथा सांसदहरूसँग छलफल गरेका छन ।

संसद् र सार्वजनिक गतिविधिमा पार्टीका सांसद तथा मन्त्रीहरूको प्रस्तुतिलाई लिएर प्रश्न उठिरहेका बेला लामिछानेले संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्।

बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदहरूबीच देखिएको असमझदारी, संसद्मा सांसद तथा मन्त्रीहरूको प्रस्तुति, संसदीय भूमिका र सरकारका कामकारबाहीबारे समीक्षा भएको छ ।

पछिल्लो समय प्रतिनिधिसभामा मन्त्री र सांसदबीच प्रश्नोत्तरका क्रममा असमझदारी देखिएको थियो । मन्त्री र सांसदहरुले व्यक्त गर्ने भाषा शैली संसदीय परम्परा विपरित भएको भन्दै आलोचना बढ्दै गएपछि रास्वपाले समीक्षा सुरु गरेको हो ।

बैठकमा संसद्मा पार्टीका सांसदहरूले प्रयोग गर्ने भाषा, व्यवहार र सार्वजनिक अभिव्यक्ति मर्यादित नभएकोमा प्रश्न उठाइएको छ । सभापति लामिछानेले संसद् र संसदीय समितिमा प्रभावकारी तथा मर्यादित ढंगले प्रस्तुत हुने विषयमा मन्त्री तथा सांसदहरूलाई निर्देशन दिएका छन् ।

बैठकमा सबै मन्त्रीहरू उपस्थित भएपनि प्रधानमन्त्री बालेन्द्र शाह भने अनुपस्थित छन् । शाह रास्वपा संसदीय दलको नेता समेत हुन् । तर, सांसदसम्बन्धी महत्वपूर्ण छलफलमा संसदीय दलको नेता नै अनुपस्थित छन् ।

 

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १ : ०५ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल