२ कार्तिक २०८३, सोमबार | October 19, 2026

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा



भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् ।

शनिबार डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा उनले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताए ।
आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि उनले सिङ्गो बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताए ।
मुख्यमन्त्री थापाले भने, “भक्तपुर आफैँमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ । विश्वभरका पर्यटक र विशेषगरी हरेक वर्ष हजारौँ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरी  सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।” उनले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, र संस्कृति सङ्कल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा सुरु भएको बताउँदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समृद्धिमा अगाडि बढ्ने सङ्कल्प गरे ।
कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजको अवस्थासम्म पुर्‍याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ११ : २८ बजे

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

न्धुपाल्चोक । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको