८ भदौ २०८३, सोमबार | August 24, 2026

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज



तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ । आइतबार साँझ पहिरो खसेर सडकको एक लेन अवरुद्ध हुँदा अर्को लेनबाट सवारीसाधन आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरी टोलीले पहिरो हटाई सडक सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको छ । पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ८ : ५१ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘सिए टिएस’ प्रमाणीकरण

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ