८ भदौ २०८३, सोमबार | August 24, 2026

निजी क्षेत्रका समस्या समाधान गर्न र लगानी सहजीकरणका लागि सुझाव माग



काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या समाधान गर्न तथा लगानी सहजीकरणका लागि सुझाव माग गरेको छ ।
समितिको आज बसेको बैठकले विद्यमान ऐन, कानुन तथा प्रक्रियाका कारण निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्ने र लगानी सहजीकरण गर्ने विषयमा सरोकार भएका निकायबाट १५ दिनभित्र लिखित सुझाव माग गरेको हो ।
समितिले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ तथा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । त्यस्तै, निजी क्षेत्रका समस्या समाधानका उपायबारे स्पष्ट विवरण बुझाउन लगानी बोर्डलाई निर्देशन दिइएको समितिले जनाएको छ ।
समितिले ‘वान विन्डो पोलिसी’ (एकद्वार प्रणाली), कर्मचारीतन्त्रका झन्झटिला प्रक्रिया न्यूनीकरण, लगानी भित्र्याउन सहज वातावरण निर्माण, लगानी तथा मुनाफा फिर्ता लैजान, पुनःलगानी गर्न सहज हुने व्यवस्थालगायत विषयमा निजी क्षेत्रको धारणासहित सुझाव माग गरेको हो ।
समितिले लगानी बोर्डबाट सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा सहजीकरण गरिएका तथा स्वीकृत भएका आयोजनाको वर्तमान अवस्था, आयोजनामा देखिएका समस्या र समाधानका उपायसहितको विवरण समितिसमक्ष पेस गर्न लगाउने निर्णय गरेको छ ।
लगानी बोर्डसम्बन्धी ऐन तथा अन्य सम्बन्धित कानुनी व्यवस्थामा गर्नुपर्ने सुधार, लगानी सहजीकरण, समन्वय तथा अनुमति प्रदान गर्ने विषयमा बोर्डको भूमिका कस्तो हुनुपर्ने भन्ने विषयमा पनि १५ दिनभित्र विवरण पेस गर्न समितिले निर्देशन दिएको हो । समितिले परियोजना कार्यान्वयन तथा सेवा प्रवाह (डेलिभरी)मा देखिएका समस्या र ती समस्या समाधान गर्न समितिले गर्नुपर्ने पहलसम्बन्धी स्पष्ट विवरणसमेत पेस गर्न भनेको छ ।
समितिका सभापति आशिष गजुरेलले निजी क्षेत्रका समस्या र परियोजना कार्यान्वयनमा देखिएका अवरोधबारे जानकारी लिएर समाधानका उपाय पहिचान गर्ने बताए । उनले आवश्यक विवरण प्राप्त भएपछि थप छलफल गरी समस्या समाधानका लागि समितिले पहल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ५ : १३ बजे

निजी क्षेत्रका समस्या समाधान गर्न र लगानी सहजीकरणका लागि सुझाव माग

काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या समाधान

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत

बागमतीका मुख्यमन्त्री थापा मगर विरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध दायर

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’

नेपालगन्ज । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति

गरिमा हत्या प्रकरणमा राज्य संवेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले