२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक



दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको उक्त बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालू आठौँ अधिवेशन भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए ।

बैठकले प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारको स्थायी सङ्गठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणको अवधि थप गर्ने प्रस्ताव बैठकमा पेस भएको थियो ।

बैठकले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले बैठकमा प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिए । मुख्यमन्त्री आचार्यले विकास निर्माणका कामलाई गति दिन र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, प्रभावकारी तथा जनमुखी बनाउन मन्त्रीको भूमिका थप सक्रिय हुनुपर्ने बताए ।

उनले मन्त्रालयको जिम्मेवारीअनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन निर्देशन दिए । लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई पुनः जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रीको नयाँ जिम्मेवारी पाएका घिमिरेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि स्वास्थ्यमन्त्री रहँदा घिमिरेलाइ नै सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको थियोे ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ९ : ५५ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज