११ भदौ २०८३, बिहिबार | August 27, 2026

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे



काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ (ग्यारोङ) क्षेत्र पुगेका छन् ।

प्रधानमन्त्री ली बिहीबार दिउँसो दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यारोङ गाउँ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार बिहान ठूलो पहिरो र बाढीले दुवैदेशतर्फ व्यापक जनधनको क्षति भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहेका प्रधानमन्त्री लीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको नेतृत्व र अनुगमन गर्न जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री लीसँग सम्बन्धित सरकारी निकायका वरिष्ठ अधिकारीहरूको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ ।

टोलीले विपद्पछि भइरहेको खोज तथा उद्धार, राहत र प्रभावित नागरिकको व्यवस्थापनका कामको स्थलगत निरीक्षण गर्नेछ । साथै, उद्धार तथा राहत कार्यमा खटिएका कर्मचारी तथा प्रभावित नागरिकसँग भेट गरी उनीहरूको अवस्था बुझ्ने कार्यक्रम रहेको छ ।

तिब्बतको ग्यारोङ क्षेत्रमा बुधबार बिहान गएको ठूलो पहिरोका कारण व्यापक क्षति भएको छ । उक्त क्षेत्र नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रसँग जोडिएको छ ।

नेपालको रसुवामा समेत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । दुवै देशका सम्बन्धित निकायले क्षतिको विवरण संकलन, खोज तथा उद्धार र राहतका लागि समन्वय गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ४ : १४ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०