१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने



काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतसँगको जिटुजी माध्यमबाट डिएपी मल खरिद गर्ने प्रक्रिया अघि बढाउन कृषि सामग्री कम्पनी लिमिटेडलाई अनुमति दिइएको हो ।

सरकारको स्वीकृतिपछि कम्पनीले आवश्यक खरिद प्रक्रिया अघि बढाउनेछ । मलको उपलब्धता सुनिश्चित गर्दै आगामी कृषि ‘सिजन’मा किसानले भोग्दै आएको रासायनिक मलको अभाव कम गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  २ : ३८ बजे

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो