१३ भदौ २०८३, शनिबार | August 29, 2026

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै



काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ। चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेको प्राविधिक टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्राविधिक टोली उद्धार कार्यमा परिचालित भइसकेको जानकारी दिँदै चीनबाट पनि विशेषज्ञ टोली आउने क्रममा रहेको बताए।

मन्त्री खनालका अनुसार सरकारले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउन विभिन्न देशसँग निरन्तर संवाद गरिरहेको छ। जापान, अस्ट्रेलियालगायतका देशसँग उद्धार र राहतका लागि सहयोगबारे छलफल भइरहेको उनले जानकारी दिए।

उनले अहिले सरकारको पहिलो प्राथमिकता सुरुङमा फसेकाहरूको उद्धार रहेको बताए। उद्धार क्षेत्रको भौगोलिक अवस्था अत्यन्त जटिल रहेकाले स्थलमार्गबाट उपलब्ध हुने प्राविधिक सहयोगलाई सरकारले प्राथमिकता दिएको उनको भनाइ छ।

हवाई मार्गबाट हेलिकप्टरमार्फत उद्धार तथा प्राविधिक सहयोग पुर्‍याउने प्रयास पनि भौगोलिक जटिलताका कारण थप चुनौतीपूर्ण हुने मन्त्री खनालले बताए।

‘यो जटिल भूगोल र आकस्मिक बाढीले त्यहाँको जमिनमा पारेको प्रभावका कारण उद्धार कार्यमा अत्यन्त संवेदनशील हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘विशेष गरी यो भूगोलका लागि नयाँ रहेका विदेशी उद्धार टोलीहरूको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले सरकारले त्यहाँ कार्यरत र भूगोललाई राम्ररी बुझेका स्थानीय सुरक्षाकर्मीहरूको सल्लाह र स्थलगत जानकारीका आधारमा मात्र उद्धार कार्य सञ्चालन गरिरहेको छ।’

मन्त्री खनालले उद्धार कार्यसँगै प्रभावित क्षेत्रमा राहत सामग्रीको व्यवस्थापन पनि भइरहेको जानकारी दिए। उनका अनुसार भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री नेपाल प्राप्त भइसकेको छ।

सरकारले उद्धार कार्यलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार थप अन्तर्राष्ट्रिय प्राविधिक तथा मानवीय सहयोग परिचालन गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ३ : ४७ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक