१३ भदौ २०८३, शनिबार | August 29, 2026

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार



रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा माटोमा पुरिएकी सात वर्षीया बालिकाको आज दिउँसोे जीवितै उद्धार भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे लगिएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

धुन्चे अस्पतालका वरिष्ठ सर्जन डा सुनीलकुमार दासले बालिकाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा ‘रेफर’ गरिएको जानकारी दिए ।

घाइते बालिकाकी आमा अर्घाखाँची स्थायी घर भई हाल ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत गीता इचाइ मगर र बुबा लोकबहादुर उचाइलाई सोही स्थानबाट उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि यसअघि काठमाडौं पठाइएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ७ : ४९ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण