२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन



रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ ।

जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबेँसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय घले र रसुवागढी हेल्थ डेस्कका स्वास्थ्यसहायक गोविन्द यादव सम्पर्कविहीन छन् ।

यसैगरी, मैलुङ सामुदायिक स्वास्थ्य इकाइकी अनमी विनिशा शाही, उत्तरगया गाउँपालिकाका स्वास्थ्य प्रमुख बलराम न्यौपाने र जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने पनि सम्पर्कविहीन भएको प्रमुख घर्तीमगरले जानकारी दिए ।

बाढीका कारण प्रभावित क्षेत्रका स्वास्थ्य चौकीको भवन पूर्ण रुपमा क्षति भएका छन् । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको जनाइएको छ ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत शङ्करप्रसाद कंडेलले दोबुताम्बु अस्पताल गोलजुङमा उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : ५३ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य