काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका नागरिहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ ।
नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा जारी छ । एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ । प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धारकार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ । सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोलीभित्र प्रवेश गर्नेछ ।
















प्रतिक्रिया