१४ भदौ २०८३, आइतबार | August 30, 2026

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण



काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धारका लागि सरकारले गएको रातभर सञ्चालन गरेको अभियान आज बिहान पुनः आएको बाढीका कारण थप चुनौतीपूर्ण बनेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि आयोजनाको किनार तीव्र रूपमा कटान हुन थालेको जनाइएको छ।

बाढीको जोखिम थप बढेपछि सरकारले आयोजना क्षेत्रमा पूर्ण सतर्कताका साथ अवस्थाको अवलोकन तथा क्षतिको आकलन गरिरहेको छ। बाढी र पहिरोका कारण थुप्रिएको माटो तथा लेदो हटाउन पुनः डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण विद्युतीय उपकरण सुरक्षित रूपमा निकाल्ने तयारीसमेत गरिएको छ।

आयोजना क्षेत्रको सडक पहुँच अवरुद्ध भएकाले उपकरण उद्धारका लागि हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरिएको छ। पुरिएको भवननजिकै हेलिकप्टरबाट उद्धार टोली उतारेर पावर हाउस नियन्त्रणका लागि प्रयोग हुने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायत उपकरण सुरक्षित स्थानमा निकाल्ने योजना बनाइएको छ।

विपद्को जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा प्राविधिक टोलीले आयोजना क्षेत्रको अवस्था निरन्तर मूल्यांकन गरिरहेको छ। सडकमार्गबाट तत्काल पहुँच सम्भव नभएको अवस्थामा हवाई माध्यमबाट उद्धार तथा महत्वपूर्ण उपकरण संरक्षणलाई प्राथमिकता दिइएको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ११ : २४ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज