१५ भदौ २०८३, सोमबार | August 31, 2026

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी



रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ ९टनेल० मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर तल ओर्लेर टोलीले काम गरिरहेको छ । त्यस्तै, त्रिशूली–३ बी (३घ) को टनेलमा पनि सेनाको विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

रसुवागढी हाइड्रोपावरको टनेलमा भने सुरक्षाकर्मीको संयुक्त टोली खोजतलास गर्दै करिब २५० मिटर भित्रसम्म पुगेको थियो । तर, त्यहाँ कोही पनि फेला नपरेपछि टोली बाहिर फर्किएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका आठ हजार ९०० भन्दाबढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन् । सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर–घरमा पुगेर खोजी, उद्धार र राहतकार्य गरिरहेको नेपाली सेना श्रीनाथ गणले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ४ : ३९ बजे

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा