२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग



काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित परिवारको राहतका लागि प्रदर्शनरत नेपाली फिल्म ‘पार्वती’को टिमले ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गर्ने गरेका छन ।

निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

शुक्रबार देशभरको घरेलु बक्सअफिसबाट फिल्मले गरेको २५ लाख ९३ हजार रुपैयाँ ग्रस आम्दानीमध्ये निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ बाढीपीडितको राहतका लागि कोषमा प्रदान गरिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक ढुङ्गानाले विपद्मा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन् । उनले फिल्म प्रदर्शनमा रहेसम्मको आम्दानीको ५ प्रतिशत रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

निर्माता हरिहर अधिकारीले पहिलो दिनको निर्माताको आम्दानी कोषमा जम्मा गरिएको र यसबाहेक छुट्टै रूपमा पनि कोषको क्यूआरमार्फत सहयोग गरिएको बताए ।

फिल्मका अभिनेता तथा बालगायक अशोक दर्जीले पनि बाढीपीडितका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला फिल्म हेर्न दर्शकको उपस्थिति अपेक्षाकृत कम भए पनि निर्माण पक्षले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको जनाएको छ ।

वितरक करण श्रेष्ठका अनुसार ‘पार्वती’ले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कमाएको थियो । फिल्मले सोमबार पनि देशभर उल्लेख्य शो पाएको छ भने मंगलबार देशभरका हलमा एक सयभन्दा बढी शो रहेको जनाइएको छ ।

निर्देशक नीता ढुङ्गानाको मुख्य भूमिका रहेको फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दीप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय छ ।

ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको लेखन शिवम् अधिकारीले गरेका हुन् । शंकर पाण्डे कार्यकारी निर्माता र हरिहर अधिकारी निर्माता रहेको फिल्मको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ४ : ४८ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी