९ कार्तिक २०८३, सोमबार | October 27, 2026

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग



काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित परिवारको राहतका लागि प्रदर्शनरत नेपाली फिल्म ‘पार्वती’को टिमले ११ लाख ३ हजार २७० रुपैयाँ सहयोग गर्ने गरेका छन ।

निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन् ।

शुक्रबार देशभरको घरेलु बक्सअफिसबाट फिल्मले गरेको २५ लाख ९३ हजार रुपैयाँ ग्रस आम्दानीमध्ये निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ बाढीपीडितको राहतका लागि कोषमा प्रदान गरिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक ढुङ्गानाले विपद्मा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन् । उनले फिल्म प्रदर्शनमा रहेसम्मको आम्दानीको ५ प्रतिशत रकम बाढीपीडितका लागि प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

निर्माता हरिहर अधिकारीले पहिलो दिनको निर्माताको आम्दानी कोषमा जम्मा गरिएको र यसबाहेक छुट्टै रूपमा पनि कोषको क्यूआरमार्फत सहयोग गरिएको बताए ।

फिल्मका अभिनेता तथा बालगायक अशोक दर्जीले पनि बाढीपीडितका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला फिल्म हेर्न दर्शकको उपस्थिति अपेक्षाकृत कम भए पनि निर्माण पक्षले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको जनाएको छ ।

वितरक करण श्रेष्ठका अनुसार ‘पार्वती’ले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कमाएको थियो । फिल्मले सोमबार पनि देशभर उल्लेख्य शो पाएको छ भने मंगलबार देशभरका हलमा एक सयभन्दा बढी शो रहेको जनाइएको छ ।

निर्देशक नीता ढुङ्गानाको मुख्य भूमिका रहेको फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दीप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय छ ।

ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको लेखन शिवम् अधिकारीले गरेका हुन् । शंकर पाण्डे कार्यकारी निर्माता र हरिहर अधिकारी निर्माता रहेको फिल्मको वितरणको जिम्मेवारी एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ४ : ४८ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता