२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक



चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठ को नृत्य देख्न सकिन्छ । विवाह समारोहमा महिलाले खेल्ने रत्यौलीलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा तथा नीता ढुङ्गाना महिलाकै परम्परागत पहिरनमा देखिएकी छन् ।

गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर, हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । संगीत संयोजन, मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

अभिनेत्री नीता ढुङ्गाना कै कथा तथा निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छिन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको पटकथा पनि नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बराल डीओपी रहेको फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् भने निर्माता हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा टिजर–ट्रेलर साहिल खानले तयार पार्नेछन् । रोयल भीमसेन ले पोस्टर डिजाइन गरेको फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन् भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ३ : २९ बजे

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा