९ कार्तिक २०८३, सोमबार | October 27, 2026

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने



काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि प्रदर्शनको पहिलो दिनबाट प्राप्त हुने आफ्नो हिस्सा भोटेकोशी बाढी प्रभावितका लागि राहतस्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।

चलचित्रकी निर्मात्री निता ढुङ्गानाका अनुसार प्रदर्शनको पहिलो दिन निर्माण पक्षलाई प्राप्त हुने सम्पूर्ण रकम भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उपलब्ध गराइनेछ ।

नेपाली चलचित्र क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित यस प्रकारको निर्णय पहिलो पटक गरिएको निर्माण पक्षको दाबी छ । चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानीलाई विपद्मा परेका नागरिकको सहयोगमा लगाउने निर्णयले ‘पार्वती’प्रति दर्शक तथा शुभेच्छुकको चासोसमेत बढाएको छ ।

बाढीका कारण प्रभावित बनेका परिवारलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । निर्मात्री निता ढुङ्गानालाई जनस्तरबाट धन्यवाद तथा सम्मान व्यक्त गर्ने क्रमसमेत बढेको छ ।

चलचित्रको कमाइलाई मनोरञ्जनसँगै मानवीय सेवासँग जोड्ने निर्माण पक्षको यो पहलले नेपाली चलचित्र उद्योगमा सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : १४ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता