२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् ।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध भएको सो सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

त्रिशूली नदीको कटानका कारण सडक भासिँदा कृष्णभिरमा पहिरो खसेपछि सडक अवरुद्ध छ । सो सडकखण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने समाचारहरू आइरहेका अवस्थामा प्रधानमन्त्री शाहले आज सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले पहिरो पञ्छाएर र सडक पुनर्निर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिए ।

उनले आज संसद्लाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी गराएका थिए ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : ४१ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य