५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन



जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम, स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।

त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका-१ का वृजकिशोर दास, सुनिता दास, बागमती नगरपालिका-६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव, ई विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिका युवराज पाण्डे, ओरही गाउँपालिका-९ का सचिनकुमार यादव, गौशाला नगरपालिका-६ का आदित्यनारायण यादव र बर्दिवास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रवक्ता ढकालको भनाइ छ ।

यस्तै, धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, जनकपुरधाम उपमहानगरपालिका-४ का रीतिक झा, विक्रम ठाकुर, जनकपुरधाम उपमहानगरपालिका-११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका-१० का टार्जन बलम्पाकी, लहान नगरपालिका-४ का उमेश यादव र कञ्चनरुप नगरपालिका-८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

हालसम्म सप्तरीका ४८ जना, पर्साका ३८ जना, रौतहटका १३ जना, बाराका २३ जना, सर्लाहीका १८ जना, महोत्तरीका १० जना, धनुषाका सात जना तथा सिरहाका १२ जना अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचनाहरु आउने थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन गर्न थालेको छ ।

बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उनले बताए ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ८ : ४६ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको