५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी भगवती रथ जात्राले राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई बलियो बनाउँदै आएको बताएकाछन् ।

भगवती रथ जात्राको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा बुटवलको जितगढीमा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन जात्रा मनाइने उल्लेख गरेका हुन् ।

कर्णेल उजिरसिंह थापाको नेतृत्वमा प्राप्त ऐतिहासिक विजयको स्मरणमा महिषासुरमर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथ जात्रा निकाल्ने परम्परा सुरु भएको उल्लेख गर्दै उनले जात्राले नेपालको वीरता र राष्ट्रिय गौरवको इतिहासलाई पुस्तौँदेखि जीवन्त राखेको बताए ।

मुख्यमन्त्री आचार्यले भगवती जात्राले धार्मिक आस्था, सांस्कृतिक विविधता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । पुस्तौँदेखि निरन्तर चलिआएको यस्तो मौलिक परम्पराले नयाँ पुस्तामा संस्कृति, रीतिरिवाज र मूल्य–मान्यता हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

मौलिक सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस्ता सांस्कृतिक पर्वले रोजगारी सिर्जना र पर्यटन विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मनसुनको प्रभाव कायमै रहेकाले जात्रामा सहभागी हुने श्रद्धालु तथा सर्वसाधारणलाई मौसम र स्थानीय अवस्थाबारे जानकारी लिएर सुरक्षित यात्रा गर्न उनले आग्रह गरे । वर्षा, सडक आवागमनमा कठिनाइ तथा विपद्को जोखिम हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउनसमेत उनले अनुरोध गरे ।

उनले भगवती रथ जात्राले राष्ट्रिय गौरव, आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको भावना अझ सुदृढ बनाउन योगदान पु¥याउने विश्वाससमेत व्यक्त गरेका हुन ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  १२ : २१ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने