२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै



काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल आज बिहान ७ः१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ ।

यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ । उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।

हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ । जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ । यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ ।

नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो । नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहो¥याउने सोचमा छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ७ : ०७ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा