काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।
















प्रतिक्रिया