२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पहिरोमा छात्र पुनको मृत्यु



तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ ।
पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।

बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका–३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा परी निजको निधन भएको थियो । प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीय उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन् । उनको बायाँ हात र खुट्टामा चोट लागेकाले स्थानीय कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ३ : ०९ बजे

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी