६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

पहिरोमा छात्र पुनको मृत्यु



तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ ।
पहिरोमा परी दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इग्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मदन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।

बिदाको दिन सल्यान त्रिवेणी गाउँपालिका–३ स्थित घरमा जाने क्रममा सोमबार रातिको पहिरोमा परी निजको निधन भएको थियो । प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका पुनलाई स्थानीय उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापासमेत घाइते भएका छन् । उनको बायाँ हात र खुट्टामा चोट लागेकाले स्थानीय कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ३ : ०९ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा