२५ भदौ २०८३, बिहिबार | September 10, 2026

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता



काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गर्दै आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेका मन्त्री साहलाई मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत कर्मचारीले स्वागत गरेका थिए।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले मन्त्रालयमा विगतमा भएका काम, प्रगति र बाँकी कार्ययोजनाबारे जानकारी लिएर आफ्नो जिम्मेवारी अघि बढाउने बताए।

ग्यास अभाव र आम नागरिकले सहज रूपमा ग्यास पाउने अवस्थाबारे पत्रकारले राखेको जिज्ञासामा मन्त्री साहले मन्त्रालयभित्र छलफल गरेर आवश्यक निर्णय लिने बताए।

‘जनताको आवश्यकता जति छ, त्यो दिनैपर्छ । यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्छौँ,’ उनले भने।

मन्त्री साहले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग भेटेर विगतमा भएका कामकारबाही तथा बाँकी कार्ययोजनाबारे जानकारी लिने बताए। विगतको अवस्थाबारे बुझेर अघि बढ्दा काम गर्न सहज हुने उनको भनाइ छ।

‘मेरो पहिलो प्राथमिकता मन्त्रीजीसँग कुरा गरेर विगतमा के–के भएको थियो भन्ने जानकारी लिएर अगाडि बढ्नु हो। त्यसो गर्दा काम गर्न सजिलो हुन्छ,’ साहले भने।

मन्त्रालय पुगेपछि मन्त्री साहले शिष्टता र श्रद्धा प्रदर्शनसमेत गरेका थिए। उनले मन्त्रालयको ढोकामै जुत्ता खोलेर कार्यकक्षमा प्रवेश गरेका थिए भने कार्यकक्षमा राखिएको नेपालको राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै पदभार ग्रहण गरेका थिए।

निवर्तमान मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा नियुक्त गरिएको हो।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ८ : १४ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : चिनियाँ राजदूत माओमिङ

नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै