८ कार्तिक २०८३, आइतबार | October 26, 2026

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन



दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा आयोजनाको अध्ययन गरी विवरण सङ्कलन गर्न समिति गठन गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपूरा आयोजनाको अध्ययन तथा विवरण सङ्कलन समिति गठन गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार प्रदेशमा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका तथा अपूरा अवस्थामा रहेका आयोजनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक निर्णय लिन सहज हुने गरी अध्ययन र विवरण सङ्कलन गर्न समिति गठन गरिएको हो । समितिले दुई महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

बैठकले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारूको संयोजकत्वमा प्रदेश राजस्व समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ । प्रदेशको राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजस्व प्रशासनमा समन्वय र सुधार ल्याउने उद्देश्यले समिति गठन गरिएको हो । समितिको कार्यसर्तसमेत तोकिएको छ ।

मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बजेट तथा कार्यक्रम समायोजन, रकमान्तर तथा प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमबिआइएस) अद्यावधिक गर्ने सम्बन्धमा पनि निर्णय गरेको छ । यस्तै, चालु आर्थिक वर्ष २०८३÷८४ को प्रथम त्रैमासिकका लागि अस्थायी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरिएको छ ।

समाहित तथा खारेजीमा परेका मन्त्रालयहरूको सम्पत्ति, दायित्व तथा जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्तावमा समेत बैठकले निर्णय गरेको छ । मन्त्रालय समायोजन तथा खारेजीपछि बाँकी रहेका सम्पत्ति, दायित्व र जनशक्तिको व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको हो ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ९ : ३३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको