२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो



काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९ दशमलव ४९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९८ अङ्कले बढेर ४५३ दशमलव ९२ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ८८ अङ्कले बढेर १७५ दशमलव ७० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ४३ अङ्कले बढेर १५३ दशमलव २१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता सेयर रु चार अर्ब ३६ करोड एक लाख ५९ हजार ४८७ मूल्यमा खरिद बिक्री भएको छ । आज सबै उपसमूहको सेयर मूल्य बढेको छ ।

बैंकिङ शून्य दशमलव ७८, व्यापार एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव शून्य चार, विकास बैंक एक दशमलव शून्य पाँच, हाइड्रोपावर एक दशमलव ८३, वित्त शून्य दशमलव ४६, निर्जीवन बिमा एक दशमल ७२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ९७, जीवन बिमा शून्य दशमलव ९७, लगानी एक दशमलव ५८ र अन्य शून्य दशमलव ४२ प्रतिशतले बढेको छ ।

आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घट्नुका साथै नौ कम्पनी स्थिर छन् । नेप्सेका अनुसार आज उपकार लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज मल्टिप्रपोज फाइनान्स कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, ओममेगाश्रीलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  ५ : ४१ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै