१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ



धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार गजुरी गाउँपालिका–६ बन्छेटारका अन्दाजी ३५ वर्षीय रामबहादुर तामाङलाई गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घर बगाएको थियो । सोही क्रममा बगाएर ल्याएका गरगहना तामाङले भदौ ११ गते फेला पारी कसैलाई जानकारी नदिई आफ्नो घरमा राखेको भन्ने जानकारी बोगटीले अन्य व्यक्तिबाट थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले सुन जस्तो देखिने पहेँलो धातुका बाला तीन टुक्रा, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मङ्गलसूत्र तथा चाँदीजस्तो देखिने सेतो धातुका दुई जोर पाउजु बरामद गरेको छ ।

तामाङमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय गजुरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार  ८ : ४६ बजे

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ

झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार  नेप्से परिसूचक सामान्य

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

रौतहट । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने

खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज