३० भदौ २०८३, मंगलबार | September 15, 2026

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका हुन् ।

रास्वपा प्रवक्ता जगदीश खरेलले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए। सामान्यतया संसदीय व्यवस्थामा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न प्रधानमन्त्रीबाट सर्वदलीय बैठक आह्वान गर्ने परम्परा रहेपनि पछिल्लो अभ्यासमा रास्वपा सभापति लामिछानेले बैठक आह्वान गर्दै आएका छन् ।

प्रवक्ता खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुनेछ। अघिल्लो बैठकमा संयन्त्र निर्माणको सहमति भएपनि प्रधानमन्त्री वालेन्द्र शाहको अनिच्छाका कारण गठन हुन नसकेको स्रोतहरुको दाबी छ ।

यसअघि बसेको सर्वदलीय बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने समझदारी गरिए पनि हालसम्म संयन्त्र बन्न सकेको छैन। सोही विषयमा छलफल गर्न बुधबार बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिए। लामिछानेले सुनसरीको कप्तानगन्जमा फैलिएको साम्प्रदायिक हिंंसाका बेला पनि सर्वदलीय बैठक बोलाएका थिए ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ९ : २३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज