३१ भदौ २०८३, बुधबार | September 16, 2026

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?



काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा बैठक सुरु भएको हो ।

सर्वदलीय बैठकमा लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा भुसाल, नेकपा सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी छन् ।

आजको बैठकले रसुवा बाढी अध्ययन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेछ । अघिल्लो सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले संयन्त्र गठनको प्रस्ताव गरेका थिए । तर अहिलेसम्म गठन हुन सकेको छैन ।

विपदपछिको अवस्थामा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने भए पनि रास्वपा सभापति लामिछानेले बैठक बोलाइरहेका छन् । तर सर्वदलीय बैठकले गरेका निर्णय प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वामित्व लिन्छन् लिँदैनन् भन्ने हेर्न बाँकी छ । बालेन सर्वदलीय बैठक बोलाउन र दलका नेताहरूसँग संवाद गर्न अनिच्छुक देखिँदै आएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १२ : ३८ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक