काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये छनोटमा नपरेका उनीहरुबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी पक्राउ परेका हुन् ।
उनीहरुले इजरायल पठाइदिने भन्दै जनही रु छ लाख २० हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
















प्रतिक्रिया