२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

जेनजी आन्दोलनमा ध्वस्त टंगालको भाटभटेनी सुपरस्टोर आजदेखि पुनः सञ्चालन



काठमाडौं । गत वर्ष भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी ध्वस्त बनाइएको टंगालस्थित भाटभटेनी सुपरस्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।

भाटभटेनीले सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।

भाटभटेनीले आगजनीले  पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर पाँच महिनामा नै सञ्चालनमा ल्याएको थियो। क्रमिक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एकपछि अर्को गरी अहिलेसम्म आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुनः सञ्चालनमा ल्याइसकिएको उनले जनाए।

बाँकी रहेका दुईवटा स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ।

दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ। पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई समेत ध्यानमा राखिएको भाटभटेनीले जनाएको छ।

टंगालको भाटभटेनी पुनः सञ्चालनमै आएको दिन सोमबार सञ्चालक मिनबहादुर गुरुङ पनि सार्वजनिक भएका छन् । उनी लामो समयदेखि बेड रेस्टमा थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनी बाहिर निस्केका थिएनन् । गुरुङले टंगालको भाटभटेनीबाटै देशभर सुपरस्टोर सुरु गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ३८ बजे

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा