७ आश्विन २०८३, बुधबार | September 23, 2026

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने



काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै होटल व्यवसायी महासंघ नेपालले अर्को व्यवस्था नहुँदा सम्म विस्थापित सुकुमवासीहरुलाई अस्थायी आश्रय दिने घोषणा गरेको छ । महासंघका अध्यक्ष टिआर भण्डारी (शंकर)ले एक प्रेस नोट पठाउँदै काठमाडौँका थापाथली लगायतका बिभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जानकारी दिएका हुन् ।

उनले महासंघ आफ्नो व्यवसायिक गतिविधि सँगै सामाजिक उत्तरदायित्व बहन कार्यमा प्रतिवद्ध रहेको उल्लेख गरेका छन्।

महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका सदस्य संस्थाहरूमा आवद्ध होटलहरू मार्फत आवश्यक समन्वय गरी तत्काल करिब १ हजार जनासम्म नागरिकहरूलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन महासंघ सक्षम रहेको अध्यक्ष भण्डारीले बताए ।

‘उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ।’ उनले प्रेस नोटमा लेखेका छन् ।

आश्रय प्रदान गर्नका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन र सहकार्य गर्न महासंघ नेपाल तत्पर रहेको होटल व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ६ : ३९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई