२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नेपालगन्जलाई धार्मिक पर्यटनको ‘हव’ बनाउन सकिने



नेपालगन्ज । होटल व्यवसायी महासंघ बाँके नेपालगन्जको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयता पछि होटल व्यवसायलाई परेको असरलाई पर्यटक भित्र्याएर कम गर्न सकिने बताए ।

नगर प्रमुख विष्टले नेपालगन्जलाई धार्मिक पर्यटनको हव बनाउन सकिने बताए । उनले धार्मिक पर्यटनको प्रवद्र्धन गर्न अयोध्या र जनकपुरसँग जोड्ने प्रयास भैरहेको बताउँदै नेपालगन्जमै निर्माण भैरहेको १ सय ८ फिट अग्लो हनुमानको मूर्ति धार्मिक पर्यटक भित्र्याउने एउटा आकर्षण बन्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले नेपालको अर्थतन्त्र बलियो बनाउन सबैभन्दा उर्वर क्षेत्र पर्यटन भएको बताए । उनले नेपालगन्जमा पर्यटकलाई स्वागत स्तरीय होटल संचालनमा रहेको उल्लेख गर्दै त्यसका लागि पर्यटक भित्रिने वातावरण भने सरकारले बताउनु पर्ने उल्लेख गरे ।

‘हामी सँग भएको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर सबैका लागि बलियो आर्थिक स्रोत बनाउन सकिन्छ ।’ उनले भने ।

होटल व्यवसायी संघका केन्द्रीय सदस्य भीमलाल कँडेलले होटल व्यवसायीका लागि क्षमता अभिवृद्धिका लागि स्थानीय तहबाट तालिम सञ्चालन गरिदिन आग्रह गरे ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा संघ आवद्ध अग्रज व्यवसायी, टोल समिति, कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ५५ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे