९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

अविरल वर्षापछि धुलिखेल र नागढुंगामा सवारीसाधन ‘होल्ड’



काठमाडौं । अविरल वर्षाका कारण पहिरो र सडक कटानको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख दुई सडकखण्डमा सवारीसाधन रोकिएका छन् । बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै नागढुंगामा सवारीसाधन ‘होल्ड’ गरिएको हो ।

बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । उनका अनुसार नमोबुद्ध-६ को चौकीडाँडा, रोशी-७ को चारसयवेशी, रोशी-८ को गिम्दीवेशी र रोशी-११ को माम्तीमा पहिरो खसेको छ । चौकीडाँडामा रोशी खोलाले सडकको डाइभर्सनसमेत कटान गरेको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेल चोकमै रोकिएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समय लाग्न सक्ने भन्दै प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुलाई आग्रह गरेको छ ।

यता, काठमाडौं उपत्यकाबाट बाहिरिने नागढुंगा-नौबिसे सडकखण्डमा पनि बिहीबार साँझ ८ बजेदेखि सवारीसाधन रोकिएका छन् । यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधनलाई नागढुंगा क्षेत्रमा रोकिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण पहिरो खस्ने, ढुंगा झर्ने तथा सडक अवरुद्ध हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि सवारीसाधन ‘होल्ड’ गरिएको हो । नागढुंगा–नौबिसे सडक हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत जिल्लातर्फ जाने लामो दूरीका बस तथा मालवाहक सवारीसाधनसमेत रोकिएका छन् ।

सवारीसाधन रोकिएपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन् । वर्षाका कारण सडकखण्डमा थप सवारी चाप बढ्न सक्ने भएकाले प्रहरीले यात्रुलाई धैर्य गर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : ३१ बजे

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज

काठमाडौं जोड्ने राजमार्ग बन्द : यातायात आवागमन ठप्प

काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका