१० आश्विन २०८३, शनिबार | September 26, 2026

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए



सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ।

शुक्रबार बिहान ९ः१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए।

जलस्तर बढेपछि ब्यारेजका कुल ५६ वटा ढोकामध्ये २४ वटा ढोका खोलिएका छन्। पानीको उच्च बहावसँगै ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमानका साथ जलस्तरको निरन्तर अनुगमन भइरहेको छ।

नदीको बहाव बढेसँगै तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले असोज ११ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ११ : ३२ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

भारी वर्षाको समयमा पनि अभियानकर्मीहरूको सक्रिय सहभागिताका साथ आज तिलगङ्गा

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ७१ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी

कृष्णभीरमा पहिरोपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम,

भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर