९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

टी-२० वरियतामा नेपालको सधार



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–२० वरियतामा सुधार गरेको छ ।

शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो ।

नेपाल अब टी–२० अन्तरराष्ट्रिय वरियताको चौधौ स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको हो ।

शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्‍यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ४ : ५२ बजे

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

टी-२० वरियतामा नेपालको सधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद्

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न