२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए



सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९८ हजार २२० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए ।

दिउँसो १ः०० बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएकामा दिउँसो २ः०० बजे पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए ।

त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको सूचना अधिकारी खड्काले बताए । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ४ : ५४ बजे

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

महोत्तरी । मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको

आज यमपञ्चकको अन्तिम दिन, भाइटीका (किजापूजा) मनाईँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका (किजापूजा)

ठाउँ ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ । चन्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

दशौँ राष्ट्रिय खेलकुद : प्राविधिक समितिबाट खेल तालिका अनुमोदन्, ४ खेल कर्णाली बाहिर

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका