१० आश्विन २०८३, शनिबार | September 26, 2026

बाढीपीडितलाई ग्यास चुल्हो र सिलिन्डरसहित राहत



रौतहट । नुवाकोटको विदुरमा भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई रौतहटका मुस्लिम अगुवाहरुले ग्यास चुल्हो तथा सिलिन्डरसहित राहत सामग्री उपलब्ध गराइएका छन् ।

रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्ष शेख जमालुदिनको नेतृत्वमा मुस्लिम अगुवा, समाजसेवी तथा व्यवसायी फारूक सेठ र शेख इर्शादको सहयोगमा बाढीपीडित परिवारलाई ७५ थान ग्यास चुल्हो तथा सिलिन्डरसहितको सेट वितरण गरिएको हो।

बाढीपछि घर, खाद्यान्न तथा दैनिक उपभोगका सामग्री गुमाएका प्रभावित परिवारका लागि राहत सामग्री वितरण गरिएको वडाध्यक्ष शेखले बताए । विशेषगरी ग्यास चुल्हो र सिलिन्डर वितरणले प्रभावित परिवारलाई तत्काल खाना पकाउने आधार उपलब्ध गराउने भएकाले यसलाई सामान्य राहतभन्दा व्यवहारिक सहयोगका रुपमा उपलब्ध गराइएको उनले बताए।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ७ : २६ बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा शशाङ्क

४८ वर्षपछि हुम्लामा रेकर्ड ब्रेक वर्षा

कर्णाली । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

बाढीपीडितलाई ग्यास चुल्हो र सिलिन्डरसहित राहत

रौतहट । नुवाकोटको विदुरमा भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई रौतहटका मुस्लिम

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र