११ आश्विन २०८३, आइतबार | September 27, 2026

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, तटीय बस्तीमा बाढीको जोखिम



चितवन । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । लगातारको वर्षाका कारण नारायणीमा जलसतह बढ्दै गएपछि नदी आसपासका तल्लो क्षेत्रका बस्तीमा कटान तथा डुबानको जोखिम बढेको हो ।

नारायणी नदीमा ७ दशमलव ३ मिटर जलसतह पुगेपछि चेतावनी तह पार हुने भए पनि अहिले जलसतह निरन्तर बढिरहेको जनाइएको छ । जलसतह बढेसँगै भरतपुर महानगरपालिका-१७ र २८ अन्तर्गतका नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको छ ।

जोखिम बढेपछि नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । नदीको बहाव उच्च रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैगरी, चितवनको बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४ दशमलव ६२ मिटर पुगेको छ । रिउ खोलामा ३ दशमलव ४० मिटरलाई चेतावनी तह र ३ दशमलव ८० मिटरलाई खतराको तह मानिन्छ । जलसतह केही घटेको भए पनि अहिले पनि खतराको सीमाभन्दा माथि नै रहेको जनाइएको छ ।

नारायणी नदी र रिउ खोलामा पानीको बहाव उच्च रहेकाले नदी तथा खोला किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन र जोखिम देखिए सुरक्षित स्थानमा जान जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

नारायणी नदीमा बाढी बढेसँगै पश्चिम चितवनका नदी तटीय बस्तीमा बाढी पस्ने सम्भावना पनि बढेको छ । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।

चितवनमा रातभर वर्षा भएको र वर्षा जारी रहेकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने जोखिम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : ०३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर

चोलेन्द्रलाई भेट्न नदिने प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्थाबारे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर । नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा

नारायणगढ–मुग्लिन सडक सुचारु, पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन प्रयास जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका