११ आश्विन २०८३, आइतबार | September 27, 2026

नारायणीको जलसतह हालसम्मकै उच्च



नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए ।

कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो । विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उनका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ५ : २७ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर

चोलेन्द्रलाई भेट्न नदिने प्रहरीमाथि छानबिन गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्थाबारे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर । नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कबिहीन

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा

नारायणगढ–मुग्लिन सडक सुचारु, पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन प्रयास जारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका