१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द



काठमाडौं । लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ ।

कुलेखानीमा पानीको सतह १५२६ मिटर नाघेको छ । १५२७ मिटर पुगेपछि सचेतनाका लागि साइरन बजाइनेछ ।

जलाशयमा पानीको सतह बढिरहेकाले रातिको समयमा आकस्मिक परिस्थिति उत्पन्न भई ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा विपद्जन्य घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर यात्रा प्रतिबन्ध लगाइएको हो ।

जारी सूचनाअनुसार आइतबार दिउँसो ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सडकखण्डमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

सूचनाअनुसार आइतबार दिउँसो ४ बजेपछि भैँसे हुँदै देउराली–सिस्नेरी–बागमतीतर्फ कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने छैन । काठमाडौंको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडातर्फ आउने सवारीलाई पनि सो अवधिमा सञ्चालन नगर्न आग्रह गरिएको छ ।

काठमाडौं जानुपर्ने वा हेटौँडातर्फ आउनुपर्ने अत्यावश्यक यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिएको छ। तर, त्रिभुवन राजपथमा समेत सवारी सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले तोकेको समयतालिका पालना गर्नुपर्नेछ।

विशेष सूचनाले कुलेखानी ड्यामको ढोका खोलिएको जनाएको छैन । जलाशयमा पानीको सतह निरन्तर बढिरहेको अवस्थामा राति आकस्मिक रूपमा ढोका खोल्नुपर्ने परिस्थिति आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सडक बन्द गरिएको हो ।

ड्यामको ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने र देउराली–सिस्नेरी सडकखण्डका केही स्थानमा जोखिम सिर्जना हुन सक्ने भएकाले पूर्वसावधानी अपनाइएको जनाइएको छ ।  

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : १८ बजे

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार

वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिँदै

नेपालगन्ज । नेपालगञ्जस्थित वेस्टर्न अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गरिने

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार