१२ आश्विन २०८३, सोमबार | September 28, 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणबाट मुक्त



काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि परिवारको जिम्मा लगाएको छ ।

शनिबार मध्यराति करिब २ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएका जबरालाई आइतबार दिउँसो प्रहरीले रिहा गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई केहीबेर सोधपुछ गरेपछि परिवारको जिम्मा लगाइएको हो ।

यसअघि प्रहरीले उनलाई ‘सुरक्षित स्थान’मा पठाइएको जनाएको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा थ्रेटका कारण कार्यालयमा ल्याइएको बताएका थिए । तर, ‘सुरक्षित स्थान’ कहाँ हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको थिएन ।

प्रहरीका अनुसार जबरालाई पक्राउ गर्ने क्रममा अपराध अनुसन्धान कार्यालय टेकुको टोली महाराजगञ्जस्थित उनको निवास पुगेको थियो । प्रहरी टोली आएपछि जबराले आफ्ना भाइ प्रभुशमशेरलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

जबराका भाइ प्रभुशमशेरका अनुसार प्रहरीले ‘जेनजीहरूबाट सुरक्षा थ्रेट रहेको’ भन्दै उनलाई नियन्त्रणमा लिएर गएको थियो ।

जबरालाई पक्राउ गरेपछि प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिएको थियो । उनी करिब ११ घण्टाभन्दा बढी प्रहरीको नियन्त्रणमा रहेका थिए ।

यसबीच उनलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत प्रहरी कार्यालय पुगेको थियो । तर, प्रहरीले भेट्न अनुमति नदिएपछि आयोगको टोली करिब ४५ मिनेट गेटमा बसेर फर्किएको थियो ।

जबरालाई पक्राउ गर्नुको औपचारिक कारणबारे सरकारले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन । सुरक्षा जोखिमको कारण देखाउँदै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको भए पनि कानुनका जानकारहरूले भने प्रहरीले अपनाएको प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  २ : ३२ बजे

प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दा गर्ने महिला पक्राउ

नेपालगन्ज । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर असुली धन्दामा

मौसम खुलेसँगै पोखरा–जोमसोम हवाई सेवा नियमित

मुस्ताङ । भारी वर्षाले अवरुद्ध (पोखरा–जोमसोम) हवाई सेवा आजदेखि सञ्चालन

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या, क्रेनको डोरी चुँडियो

नवलपुर । आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

नेपालगन्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी, छ वटा खेल सञ्चालन गर्न सकिने

नेपालगन्ज । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालगञ्ज

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा