१२ आश्विन २०८३, सोमबार | September 28, 2026

मेची भन्सार : दुई अर्ब ८३ करोड राजस्व सङ्कलन



झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ ।

कार्यालयका अनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो । भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको छ ।

भदौमा साउनको तुलनामा राजस्व सङ्कलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएकामा भदौमा ९४.७३ प्रतिशत पुगेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आवको सोही आवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।

सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ६ : ३१ बजे

कालीगण्डकी नदीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने

घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान माथिबाट

बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै

बुटवल । बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ

सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि