१२ आश्विन २०८३, सोमबार | September 28, 2026

बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै



बुटवल । बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता-२०८३ सुरु हुँदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिता असोज १२ देखि १७ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बुटवल मण्डपमा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

लगातारको वर्षा र प्रतिकूल मौसमका बाबजुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मदन भण्डारी स्पोट्र्स एकेडेमीका केन्द्रीय भलिबल विभागका उपप्रमुख बुद्धि बश्यालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि बुटवल मण्डपमा करिब चार हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

खेलमैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको म्याट बिछ्याउने तथा खेलाडी र प्राविधिक व्यवस्थापनलगायतका तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका पाँच, भारतका दुई र श्रीलंकाको एक गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब सहभागी हुनेछन् ।

त्यस्तै, भारतबाट गुजरात स्टेट भलिबल एसोसिएसन र खैरा क्लब पञ्जाब तथा श्रीलंकाबाट श्रीलंका पुलिस क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई पनि पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न विधाका पुरस्कारसहित प्रतियोगितामा पुरस्कार तथा सम्मानतर्फ कुल ३१ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहभागी खेलाडी, निर्णायक तथा प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्थासमेत गरिएको अध्यक्ष आचार्यले बताए ।

प्रतियोगिता सञ्चालनका लागि एक करोड ५३ लाख ४४ हजार ९ सय रुपैयाँको बजेट अनुमान गरिएको छ । जसमध्ये खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनतर्फ ५६ लाख २३ हजार ९ सय रुपैयाँ, यातायातमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र विविधतर्फ १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैंक तथा वित्तीय संस्थालगायतका स्रोतबाट आर्थिक व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री चन्द्र बदना राई रेफ्री डेलिगेटका रूपमा रहनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले बुटवलमा भलिबल खेलको वातावरण थप विस्तार हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ७ : ३१ बजे

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको

कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी

वालिङ । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत्

कालीगण्डकी नदीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने