१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

बुटवलका विपद् प्रभावित पाँच घरपरिवारलाई तीन महिनासम्म मासिक १५ हजार राहत



बुटवल । बुटवल उपमहानगरपालिकाले विपद्का कारण घरमा पूर्ण तथा आंशिक क्षति व्यहोरेका पाँच घरपरिवारलाई तीन महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको विपद् व्यवस्थापन समिति नगर प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा बसेको बैठकले बुटवल-११ टप मजुवाका विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार विपद्का कारण पूर्ण रूपमा क्षति भएका तीन घर र आंशिक रूपमा क्षति भएका दुई घरपरिवारलाई राहत उपलब्ध गराइनेछ । प्रभावित प्रत्येक घरपरिवारले तीन महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत पाउनेछन् ।

नगर प्रमुख पाण्डेयले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताए । उनले जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम अघि बढाइने पनि बताए ।

टप मजुवा क्षेत्रमा थप क्षति हुन नदिन पक्की ढलानसहितको पर्खाल निर्माणको काम छिटो अघि बढाउन जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ । जोखिमयुक्त क्षेत्रमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिने उपमहानगरपालिकाले जनाएको छ ।

बैठकले विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय रूपमा खटिएका सुरक्षा निकाय, जनप्रतिनिधि, टोल समिति, नागरिक समाज, सञ्चारकर्मी तथा उपमहानगरपालिकाको विपद् शाखालाई धन्यवाद दिएको छ ।

विपद्का बेला विभिन्न निकायबीच भएको समन्वय र सहकार्यले प्रभावित नागरिकलाई तत्काल राहत तथा सुरक्षा प्रदान गर्न सहयोग पुगेको भन्दै बैठकले सबैप्रति आभार व्यक्त गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : २० बजे

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन

कांग्रेस महाधिवेशन असोज १८ गतेबाट, काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई

चोलेन्द्र पक्राउ प्रकरण : एसएसपी खड्का बयान दिन आयोगमा, गृहमन्त्री र आइजीपीलाई बोलाउने तयारी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ बारे बयान दिन उपत्यका

बुटवलका विपद् प्रभावित पाँच घरपरिवारलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल । बुटवल उपमहानगरपालिकाले विपद्का कारण घरमा पूर्ण तथा आंशिक