१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

बाँके कांग्रेसका नेता रौनियार भन्छन् : 'कांग्रेस अहिले पनि लाश र दासहरु कै पार्टी रहेछ'



नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २ का क्षेत्रीय सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित भएकाछन् । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को क्षेत्रीय सभापति र डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

आचार्य आज सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् भने चौधरीले तरुण्ँद्यल् ब्ाँक्ेक्ँ ऋधइष्ँ वीरेन्द्रबहादुर शाहलाई पराजित गरेका थिए । पार्टीका पूर्वक्षेत्रीय सभापति पोषण केसीले पार्टी एकता, सहमति, सहकार्यका लागि आफूले क्षेत्रीय सभापतिमा आचार्यलाई समर्थन गरेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र पूर्व उपप्रमुख उमा थापामगर नेपाली कांग्रेस क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । निर्वाचित प्रतिनिधि तथा नेपालगन्ज उपमहानगरपालिकाकी पूर्वउपप्रमुख उमा थापामगरले सङ्घतर्फ ३३ जना र प्रदेशसभातर्फ २४ जना प्रतिनिधि चयन हुने प्रावधान रहेको जानकारी दिँदै बाँके क्षेत्र नं ३ को सभापतिका लागि निर्वाचन भइरहेको जानकारी दिइन् ।

उनले क्षेत्रीय सभापति पदका लागि केशव शाह र ज्ञानबहादुर ओलीबीच प्रतिस्पर्धा भएको उल्लेख गर्दै केहीबेरमा मतगणाना सुरु हुने बताइन् । नेपाली कांग्रेस बाँके क्षेत्र नं २ मा भएको महाधिवेशन प्रतिनिधिको चुनावमा तीन प्रदेशसभा सदस्य पराजित भएका छन् ।

निर्वाचनमा मिना सिद्धिकी, माया पुनमगर र सुशीला वादी पराजित भएको नेपाली कांग्रेस, बाँकेले जनाएको छ ।

यसैबीच कांग्रेस बाँकेका नेता निर्वाचनको परिणामलाई लिएर पार्टी लाश र दासहरुको पार्टी बन्न थालेको टिप्पणी गरेका छन् । उनले कांग्रेस बांके क्षेत्र न.२ को घिनलाग्दो राजनीति हेर्दा कांग्रेस अहिले पनि लाश र दासहरु कै पार्टी रहेछ जस्तो लागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस न बदलिएको छ न बदलिने छाँटकाँट देखियो ।’ उनले बाँके २ मा कार्यकर्ताहरुलाई भेँडाबाख्रालाई झैं व्यवहार गरेर मताधिकार प्रयोग गर्न नदिइएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ८ : ३१ बजे

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी,

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण