१४ आश्विन २०८३, बुधबार | September 30, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलमा खैरा र नेपाल पुलिसको विजयी सुरुआत



बुटवल । भारतको खैरा भलिबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजनामा बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा मंगलबार भएको समूह ‘ए’ को पहिलो खेलमा खैरा भलिबल क्लब पन्जाबले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।

पाहुना टोली खैराले २६-२४, २५-१८, २२-२५, २५-२० को जित निकालेको हो । अर्को खेलमा विभायीय टोली नेपाल पुलिस क्लबले श्रीलंका पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपाल पुलिसले श्रीलंका पुलिसमाथि २५-२३, २५-२१, २५-२० को जित निकाल्यो । यस्तै समूह ‘बी’ मा रहेको गल्कोट भलिबल क्लब समयमा उपस्थित नभएपछि खेलका लागि अयोग्य ठहरिएको छ ।

एक समारोहका बिच प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै यस्ता प्रतियोगिताबाट नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सहयोग पुग्ने बताइन् । ‘खेलाडीको प्रतिभा, खेलकुदको विकास र देशको प्रतिष्ठालाई माथि उठाउन यस्ता खेलकुद प्रतियोगिता महत्वपूर्ण रहने छ’, भण्डारीले भनिन् ।

उद्घाटन कार्यक्रममा आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राखेर विद्यालयदेखि अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए । उनले बुटवलमा आयोजित अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले प्रतिस्पर्धासँगै खेल पर्यटनलाई टेवा पुर्याएको बताए । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गल्कोट भलिबल क्लब अयोग्य ठहरिएपछि सात टोलीको सहभागिता रहेको छ ।

समूह समूह ‘ए’ मा खैरा क्लब पन्चाब, श्रीलंका पुलिस क्लब, नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब रहेको छ । यस्तै समूह ‘बी’ मा सभापोखरी भलिबल क्लब, भारतको गुजराज स्र्पोटिङ क्लब र नेपाल एपीएफ क्लब रहेको छ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल विजेताबीच उपाधि भिडन्त हुनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : ०० बजे

बेनीमा खानेपानीको समस्या

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव

गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

रुपन्देही । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले

मर्मत गर्न थालियो मालढुङ्गाको पुल

बागलुङ । कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको