६ मंसिर २०८३, आइतबार | November 22, 2026

बेनीमा खानेपानीको समस्या



म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्र्थापनाकार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

सात जनाको ज्यान गएको, दुई जना बेपत्ता भएको, सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए ।

त्यसैगरी, म्याग्दीमा बाढीपहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपन्छी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गर्न मङ्गलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै छवटै पालिकामा क्षति विवरण सङ्कलन सुरु भएको जानकारी दिए । उनका अनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढीपहिरोले बेनी नगरपालिकामा २३, रघुगङ्गामा तीन, मङ्गलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एकवटा घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ । बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ ।

बेनीमा २३, रघुगङ्गामा ४७, मङ्गलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन् । बेनीमा २१, रघुगङ्गामा २६, मङ्गलामा आठ, अन्नपूर्णमा एकवटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको मङ्गलबारसम्म विवरण सङ्कलन भएको छ ।

पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका-५ पाउद्धार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ ।

विपद्पछि म्याग्दीमा उद्धारमा ७० जना नेपाली सेना, २५१ जना नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन् । बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन् । सदरमुकामबाहेकका क्षेत्रमा विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम बेनीमा खानेपानीको समस्या भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : २६ बजे

Your email address will not be published.

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

नयाँदिल्ली । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने