१४ आश्विन २०८३, बुधबार | September 30, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलमा पुलिसको लगातार दोस्रो जित



बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बुधबार भएको खेलमा पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३-१ को सेटमा हरायो ।

पुलिसले खैरामाथि २६-२४, २६-२४, २०-२५, २५-१९ को नतिजा निकाल्यो । समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिसको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबलाई ३-० को सेटमा हरायो ।

मणिमुकुन्दले श्रीलंका पुलिसमाथि २५-१९, २५-२०, २५-१६ को जित निकाल्यो । मणिमुकुन्द भलिबल क्लबको यो पहिलो जित हो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । समूहको पहिलो खेलमा श्रीलंकन टोली नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो ।

यस्तै समूह ‘बी’ अन्तर्गत बुधबार भएको खेलमा सभापोखरी भलिबल क्लबले भारतको गुजराज स्र्पोटिङ क्लबलाई ३-० को सोझो सेटमा हरायो । भारतीय खेलाडीकै बर्चस्व रहेको सभापोखरी क्लबले गुजराजमाथि २५-१८, २५-१३, २५-२१ को जित निकालेको थियो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीको सहभागिता रहेको छ । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : ४९ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य

काठमाडौँ । सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा

बुटवल रारा मसला उद्योग बन्द नगर्न उच्च अदालतको अन्तरिम आदेश

बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलमा पुलिसको लगातार दोस्रो जित

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी मदन